ढोरपाटन सिकार आरक्ष जहाँ पुग्छन् महँगा पर्यटक

बाग्लुङ | चैत १३, २०७९

ढोरपाटन सिकार आरक्ष जहाँ पुग्छन् महँगा पर्यटक

बागलुङ: नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ । 

 

सिकार खेल्नको लागि विदेशी पर्यटकहरू हेलिकप्टरमार्फत सिकार ब्लकमा पुगेका हुन् । यस वर्षको दोस्रो याममा १२ नाउर र नौ झारलको सिकार हुनेछन् ।

 

बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीले पेशेवर विदेशी सिकारीलाई आरक्षमा सिकार गराउने भएका हुन् । यस वर्षको दोस्रो याम (फागुन–वैशाख) को लागि सात कम्पनीबाट आठ देशका सिकारीहरूले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।

 

नेपाल वाईल्ड लाइफ एडभेन्चर, सफारी आउट्फिटरस काठमाडौंबाट युएसएका सिकारीले फागुनेमा १ नाउर र १ झारल, श्री हिमालयन वाईल्डफाईफ आउटफिटर्स काठमाडौंबाट युएसएका सिकारीले बार्सेमा १ नाउरको सिकार हुनेछन् । यस्तै, श्री ट्याक्स एन ट्रेल्स प्रा.लि. काठमाडौंबाट क्यानडाका सिकारीले घुस्तुङमा १ नाउर र १ झारलको सिकार गर्ने छन् । श्री ग्लोबल सफारिज नेपाल प्रा.लि. काठमाडौंबाट हंगेरीका सिकारीले गुस्तुङ (रुकुम पूर्व)मा १ नाउर र १ झारल तथा फ्रान्सका सिकारीले सुनदह (रुकुम पूर्व)मा १ नाउर र १ झारलको सिकार गर्ने अनुमति पाएका छन् । 

 

श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौंबाट पोर्चुगलका सिकारीले सुनदहमा १ नाउर, श्री नेपाल ट्राभल एक्पेडिसन प्रा.लि. ललितपुरबाट पोल्याडका सिकारीले दोगाडीमा १ नाउर, रसियन सिकारीले दोगाडीमा १ नाउर र घुस्तुङमा १ झारल, स्पेनिस सिकारीले वार्सेमा १ नाउर र गुस्तुङमा १ झारल र श्री हिमालयन सिफारिस प्रा.लि. काठमाडौंबाट तीन जना अमेरिकाका सिकारीहरूले सिकार गर्ने भएका छन् । उनीहरूले दोगाडीमा १ नाउर र सेङमा १ झारल, सेङमा १ नाउर र सुनदहमा १ झारल, दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारलको सिकार गर्ने अधिकृत कँडेलले बताउनुभयो । 

 

सिकार गर्न दुई जना सिकारीहरू ढोरपाटन आइपुगेको अधिकृत कँडेलले बताउनुभयो । श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौँ कम्पनीबाट सुनदहमा १ वटा नाउरको सिकारको लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाईल्डलाईफ आउटफिटर्स, स्युचाटार काठमाडौंबाट बार्सेमा १ नाउरको सिकारको लागि युएसएका चाल्र्स हेरोल्ड वेकल आरक्ष आइपुगेको बताउनुभयो । अन्य सिकारीहरू आउने क्रम जारी छ । 

 

विभागले अघिल्लो (फागुन) महिना सिकारका लागि पेशेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आव्हान गरेको थियो । यस पटक सिकारीहरूले एउटा नाउरको पाँच लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि तीन लाख १० हजार रुपियाँ राजश्व तिरेको अधिकृत कँडेलले जानकारी दिनुभयो । 

 

अघिल्लो (पहिलो) याम (असोज–मङ्सिर) मा एउटा नाउरको २० लाख पाँच हजार र झारलको ६ लाख रुपियाँ राजश्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो ।

 

सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथ प्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

 

आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

 

बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गर्छ । वि.सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्